२० असार २०८३, शनिबार

पाकिस्तानमा इरानी सेनाले गर्‍यो सर्जिकल स्ट्राइक, मुक्त गरायो २ सैनिक

माघ २३, २०७७
पाकिस्तानमा इरानी सेनाले गर्‍यो सर्जिकल स्ट्राइक, मुक्त गरायो २ सैनिक

पाकिस्तानमा बसेर इरानमा आतंकवादी आक्रमण भइरहेपछि आक्रोशित इरानी सेनाले पाकिस्तानी सीमामा प्रवेश गरेर सर्जिकल स्ट्राइक गर्दै आफ्ना दुई सैनिक थुनामुक्त गराएको छ । 

इरानको रिभोल्युसनरी गार्ड्सले पाकिस्तानमा रहेको आतंकवादी संगठन जैश अल–अदलको अड्डामा आक्रमण गरेर लगभग साढे दुई वर्षदेखि थुनामा राखिएका जवानहरूलाई मुक्त गरेको हो । 
 

जैश उल–अदल कट्टरपन्थी वहाबी आतंकवादी गुट हो र त्यो दक्षिणपश्चिम पाकिस्तानमा इरान सीमामा सक्रिय छ । 

इरानको फार्स न्युज एजेन्सीका अनुसार, जैशले फेब्रुअरी २०१९ मा इरान सेनामााथि आक्रमण गरेर अनेकौं जवान मारेको थियो र दुई जवान नियन्त्रणमा लिएको थियो । 

इरान सेनाले गोप्य सूचनाको आधारमा मंगलवार राति सर्जिकल स्ट्राइक गरेको हो । सेनाले बयान जारी गर्दै यसको जानकारी दिएको हो । 
 

इरानी सैनिकहरू सफलतापूर्वक देश फर्किएको बताइएको छ । 
 

जैश लामो समयदेखि पाकिस्तान इरान सीमामा सक्रिय छ र उसले इरानको बसीजमा अर्धसैनिक अड्डामा आक्रमण गरेको थियो । 

यही संगठनले सन् २०१४ मा पनि पाँचजना इरानी सीमारक्षकहरूलाई अपहरण गरेको थियो । लगभग दुई महिनापछि चार सैनिकलाई मुक्त गराइएको थियो भने आतंकवादीहरूले एक सैनिकको हत्या गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्