
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले आयोजना गरेको बृहत् जनसभा काठमाडौंस्थित दरबारमार्गमा शुरू भएको छ ।
पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि विकसित राजनीतिक घटनाक्रमबारे जानकारी गराउन र आगामी वैशाख १७ तथा २७ गतेका लागि तोकिएको चुनावका पक्षमा माहोल बनाउन सभा आयोजना गरिएको ओली पक्षको नेकपाका बागमती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले जानकारी दिए ।
सभामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल लगायतले सम्बोधन गर्दैछन् ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले अध्यक्षता गरेको सभामा स्वागत मन्तव्य राष्ट्रिय सभा सदस्य समेत रहेकी नेतृ पार्वती रावलले दिनेछिन् ।