०८ साउन २०८३, शुक्रबार

५५ दिनमा ‘आई एम ट्वान्टी वान’को इण्डक्ल्याप

५५ दिनमा ‘आई एम ट्वान्टी वान’को इण्डक्ल्याप

चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन ५५ दिनमा सकिएको छ ।  

यो चलचित्र काठमाडौं उपत्यकासहित धरानमा पनि खिचिएको थियो । चलचित्रलाई रेनशा वान्तवा राइले निर्देशन गरेकी हुन् । चलचित्रमा धिरज मगर र जसिता गुरुङको मुख्य भूमिका देख्न सकिन्छ ।

डान्सको कथामा निर्माण भएको यो चलचित्र निकै चुनौतीपूर्ण काम ठुलो मिहिनेतका साथ सम्पन्न गरिएको निर्देशक राईले बताइन् ।

यो चलचित्रमा धेरैजसो नयाँ अनुहार छन् । मुख्य भुमिकामा काम गरेकी जसिताले यसअघि लिलिबीली र लभ स्टेशनमा काम गरेकी थिइन् भने धिरजले इन्टु मिन्टु लण्डनमा’ काम गरेका थिए । यो चलचित्रको एउटा गीतको छायांकन गर्न भने बाँकी छ ।

प्रज्वल शमशेर जबराको निर्माणमा तयार भएको यो चलचित्रको प्रदर्शन मिति भने तय भइसकेको छैन । निर्देशक राईले सबै काम सकेपछि मात्रै प्रदर्शन मिति तोक्ने बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्