२२ असार २०८३, सोमबार

चिडियाखानामा थुन्ने बादलको गर्जनमा भीम रावलले गरे यस्तो टिप्पणी

चिडियाखानामा थुन्ने बादलको गर्जनमा भीम रावलले गरे यस्तो टिप्पणी

असंवैधानिक कदमविरुद्ध आन्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्री रामबहादुर थापा बादलको अभिव्यक्तिले प्रधानमन्त्री तानाशाह बन्न खोजिरहेको पुष्टि हुने टिप्पणी नेकपा प्रचण्ड-नेपाल पक्षका स्थायी कमिटी सदस्य भीम रावलले गरेका छन् । 

ओली पक्षीय नेकपाले दरबारमार्गमा आयोजना गरेको जनसभामा सम्बोधन गर्दै बादलले मांसहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलको जूमा थुन्ने बताएका थिए ।

त्यसको विरोधमा ट्वीट गर्दै भीम रावलले लेखेका छन्–

प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन र मनपरी गर्ने असंवैधानिक कार्यका विरूद्ध आन्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्रीको भाषणले प्रम ओली निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दु:स्वप्न देखिरहनुभएको पुष्टि हुन्छ। निरंकुशतन्त्र ढल्छ ।'

हेर्नुहोस्, ट्वीट :

salt training

कमेन्ट गर्नुहोस्