२४ जेठ २०८३, आइतबार

नारायणहिटी अगाडिबाट ओलीको नारा– देश चुनावतर्फ गयो गयो, सबै फैसला चुनावले गर्छ’

नारायणहिटी अगाडिबाट ओलीको नारा– देश चुनावतर्फ गयो गयो, सबै फैसला चुनावले गर्छ’
फाइल फोटो

प्रधानमन्त्री एवं नेकपा ओली पक्षका अध्यक्ष केपी शर्मा ओलीले संसद्लाई पंगु बनाएर देशमा अस्थिरता फैलाउन खोजेपछि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका छन् ।

अब सबै कुराको फैसला चुनावले गर्ने उनले बताए । काम गर्न नदिइएपछि संसद् विघटन गर्न पाउने अधिकार प्रधानमन्त्रीमा रहेको जिकिर प्रधानमन्त्री ओलीले गरे ।

‘देश अब चुनावतर्फ गयो गयो, म भन्न चाहन्छु, चुनावले सबै कुराको फैसला गर्छ,’ शुक्रवार काठमाडौंका दरबार मार्गमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले भने । प्रधानमन्त्री ओलीले काम गर्ने स्थिति नभएपछि जनताको बीचमा जानु परेको दाबी गरे । 

‘संसद्लाई केही गर्न नसक्ने पंगु बनाएर बहुमतको सरकार ढालेर अस्थिरताको राजनीति गर्न खोज्नुभयो । काम गर्न नपाउने स्थिति भएपछि म जनताको बीचमा जानुपर्ने भयो,’ ओलीले भने, ‘अस्थिरताको राजनीतिमा जाने ? म भन्न चाहन्छु, अस्थिरता होइन, चुनावतर्फ जाऔं ।’

प्रधानमन्त्री ओलीले सभामा उपस्थित सबैलाई चुनाव चाहियो भनेर नारा लगाउन लगाएर सिंगो काठमाडौंलाई आवाज सुनाउन आग्रह गरे । 

‘अस्थिरता होइन चुनावतर्फ जाऔं, अस्थिरता होइन, चुनाव चाहियो । जनता के भन्छ ? चुनाव चाहियो,’ ओलीले भने, ‘अब सुने होला नि, उहाँहरूले जस्तो हामी कसैलाई धम्की दिँदैनौं, हामी अनुरोध गर्छौं, उहाँहरूले अदालतलाई धम्की दिनुभयो, निर्वाचन आयोगलाई धम्की दिनुभयो । संवैधानिक अंगले स्वतन्त्र ढंगले निर्णय गर्नेछन् ।’ 

salt training

कमेन्ट गर्नुहोस्