३१ जेठ २०८३, आइतबार

'शाकाहारी आन्दोलनले हुँदैन भनेको चिकन चिल्ली खान्छु भनेको हो ?

'शाकाहारी आन्दोलनले हुँदैन भनेको चिकन चिल्ली खान्छु भनेको हो ?

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका अध्यक्ष केपी शर्मा ओलीले शाकाहारी आन्दोलनले हुँदैन भनेको के हो ? भन्दै अर्को पक्षको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई प्रश्न गरेका छन् ।

नेकपा ओली पक्षले दरबारमार्गमा आयोजना गरेको बृहत जनसभालाई आयोजना गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रश्न गरेका हुन् ।

'अब शाकाहारी आन्दोलनले हुँदैन । शाकाहारी आन्दोलनले हुँदैन भनेको उहाँले चिकन चिल्ली खान्छु भनेको हो ?' ओलीले प्रश्न गरे ।

उनले अब नरभक्षी आन्दोलनको दिन गएको बताए ।

'नरभक्षी आन्दोलनका दिन गए, अब नेपालमा कसैले हिंसा मच्चाउन सक्दैन,' ओलीले भने ।

प्रचण्डले केही दिनअघि आफूपक्षीय विद्यार्थीहरूको भेलालाई सम्बोधन गर्दै प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदम सच्याउन साकाहारी आन्दोलनले नपुग्ने बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्