०१ साउन २०८३, शुक्रबार

बीमा कम्पनीहरूमा समस्याको पहाड छ, झापड हान्ने दिन नआओस् : अध्यक्ष सिलवाल

बीमा कम्पनीहरूमा समस्याको पहाड छ, झापड हान्ने दिन नआओस् : अध्यक्ष सिलवाल

बीमा समितिका नवनियुक्त अध्यक्ष सुर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूलाई झापड हान्ने अवस्था ननिम्त्याउन सुझाव दिएका छन् ।

शुक्रवार पदभार सम्हाल्दै नवनियुक्त अध्यक्ष सिलवालले आगामी दिनमा कम्पनीहरूलाई नियन्त्रण गर्ने सिलसिलामा झापड हान्न पछि नपर्ने बताएका हुन् । 

उनले बीमा कम्पनीले समितिलाई नियन्त्रकमात्रै सम्झिएको टिप्पणी गरे । 

‘समिति नियन्त्रकमात्रै नभएर मुख्य व्यवस्थापक हो तर बिमा कम्पनीहरुले समितिलाइ अहिलेसम्म नियन्त्रकको रुपमा हेरेको छ,’ अध्यक्ष सिलवालले भने, ‘नियन्त्रकले गल्तीमा सुझाव होइन झापड हान्छ ।’

अध्यक्ष सिलवालले अहिले बीमा कम्पनीहरुमा समस्याको पहाड रहेको भन्दै त्यसको सामाधानका निम्ति सबैको सहयोग आवश्यक पर्ने बताए ।  

‘समस्या सिर्जना गर्नेले समाधानको उपाय पनि खोज्न सक्नु पर्छ, सकिएन भने हामीभन्दा माथिको अधिकारप्राप्त निकाय छ भन्ने सोचेर सिस्टममा बसेर काम गर्नुपर्छ,’ उनले भने, ‘हामीलाई नियन्त्रक मात्र नबनाइदिनुस् । हामीलाई नियन्त्रक मात्र बनाइदियो भने त्यसले बिगार्छ मात्रै ।’
 

salt training

कमेन्ट गर्नुहोस्