१० साउन २०८३, आइतबार

संसद विघटनका विरुद्ध जनताले दुख नपाउने गरी आन्दोलन गर्न कांग्रेसको आग्रह

संसद विघटनका विरुद्ध जनताले दुख नपाउने गरी आन्दोलन गर्न कांग्रेसको आग्रह

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा गराइएको शपथका विरुद्धमा जनताले दुख नपाउने गरी आन्दोलन गर्न अपील गरेको छ ।

शुक्रवार एक विज्ञप्ति जारी गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले सर्वसत्तावाद उन्मुख प्रतिनिधि सभा विघटनका विरुद्धमा जुट्न आग्रह गरेका हुन् ।

उनले कांग्रेस निरन्तर आन्दोलनको मैदानमै रहेको स्पष्ट पारे । 'पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ मा विभिन्न तहमा नेपाली कांग्रेस र भ्रातृ संस्थाहरुबाट व्यापक सहभागिता साथ प्रदर्शन गरिएको छ भने भोलि माघ २४ गते शुभेच्छुक संस्थाहरुको प्रदर्शन पश्चात फागुन ३ गते ७७ जिल्लामै नेपाली कांग्रेस जिल्ला कार्यसमितिको नेतृत्वमा एकसाथ सशक्त प्रदर्शनको कार्यक्रम पूर्व निर्धारित छ,' शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विज्ञप्तिमार्फत शर्माले जनतालाई दुख नदिने गरी आन्दोलन गर्न आग्रह गरेका छन् । कांग्रेस अहिलेसम्म शालीन ढंगले प्रस्तुत हुँदै आएको उदाहरण दिँदै उनले भने – 'संसद विघटनको असंवैधानिक कदमविरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने तर जनताले दुःख पाउने गरी बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न हामी दृढ़ छौं । विघटन विरुद्ध उभिएका सबै दल र संस्थालाई यही अपील समेत गर्न चाहन्छौं ।'

salt training

कमेन्ट गर्नुहोस्