×

NMB BANK
NIC ASIA

नेपालमा हिन्दी फिल्म नचली नेपाली फिल्ममा पनि दर्शक आउँदैनन् : दीपकराज गिरी [अन्तर्वार्ता]

माघ २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना महामारीपछि अहिले नेपाली चलचित्र उद्योग नराम्ररी थलिएको छ । हल खुलेपनि निर्माताहरू फिल्म लगाउन तयार भएका छैनन् । 

Muktinath Bank

कोरोना महामारीपछि नेपाली चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन भयो । तर, यसको व्यापार निकै निराशाजनक रह्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस फिल्मको असफलतापछि हलमा प्रदर्शन हुने भनिएका अरू चलचित्र पछि हटेको चर्चा छ । 


Advertisment
Nabil box
Kumari

यसबीचमा दीपकराज गिरी तथा दीपाश्री निरौलासहितको टीमको फिल्म ‘छ माया छपक्कै’ युट्युबमा सार्वजनिक भयो ।

Vianet communication
Laxmi Bank

गएको भन्दा अघिल्लो दशैंमा राम्रै व्यापार गरेको ‘छ माया छपक्कै’ले २ सातामा ६१ लाख भ्युज पाएको छ ।

युट्युबमा फिल्म हेर्ने दर्शक उल्लेख्य भएपनि नेपाली फिल्म हेर्न दर्शक हलमा गइरहेका छैनन् । यस्तो अवस्था किन ? नेपाली चलचित्र उद्योग थलिएकै हो त ?

यसै विषयमा लोकान्तरका लागि रामजी ज्ञवालीले पछिल्लो समयका चर्चित फिल्म निर्माता एवं अभिनेता दीपकराज गिरीसँग कुराकानी गरेका छन् ।

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

लामो रस्साकस्सीपछि फिल्म हलहरू खुले तर, फिल्म लागिरहेको छैन । लागेको फिल्मले पनि दर्शक पाएन । के नेपाली चलचित्र उद्योग थलिएकै हो त ?

खासमा भन्ने हो भने हामी चलचित्र बनाउँदा गम्भीर भएनौं । यसका पछि धेरै कारण हुन सक्छन् । हामी किन गम्भीर भएनौं ? किन चलचित्र बनाउँदा मेहनत गरेनौं ? किन हतारमा चलचित्र प्रदर्शन गर्छौं ? म त्यसका पछाडि जान्न ।

एउटा यस्तो प्रेम कहानीजस्तै चलचित्रहरूको भीडका बीच केही राम्रा चलचित्र आउँछन् र उनीहरूले लीड गर्छन्, यो हुँदै आएको कुरा हो ।

चलचित्रप्रति दर्शक, निर्माता, निर्देशक आकर्षित गर्ने भनेको पनि यी केही चलचित्रले हो । कोरोना महामारीले चलचित्र उद्योगको बिजोग गराएको भन्दा पनि थप मेहनत गरेर आउनुपर्छ भन्ने एक खालको निर्देशन दिएको हुन सक्छ ।

मास्टर चल्ने तर 'एउटा यस्तो प्रेम कहानी' नचल्ने, थोरै चलचित्रले लीड गर्छन् भनेर घुमाउरो पारामा आफ्नो ब्यानरको प्रचार गर्न खोज्नुभएको हो ?

त्यस्तो भन्न खोजेको होइन । हामीले कहिल्यै हामी नम्बर वान, हामी यस्तो, हामी उस्तो भनेका छैनौं । तपाईं आफै भन्नोस्, हाम्रो ब्यानरप्रति र हामीप्रति दर्शकको चाहना र आशा कस्तो खालको छ ।

दर्शकको माया र शुभचिन्तकको साथ तथा हौसलाले हामी अलिकति बढी चनाखो हुनुपर्छ भन्ने लागेको छ ।

साँच्चिकै भन्ने हो भने हाम्रा हरेकजसो प्रोजेक्टलाई दर्शकले रुचाइदिनुभयो । शायद हाम्रा चलचित्रले लीड गरेको हुन सक्छन् ।

सहजै चलचित्र उद्योग चलायमान अझै सही तरिकाले हुन सकेन, चलायमान होला भनेरै नेपाली चलचित्र आएको हो, तपाईंले त्यो जोखिम पनि उठाउन सक्नुभएन नि !
आफू मरेर जोखिम उठाउने कुरा हुँदैन । आफू बाँचेपछि अरू कुरा सोच्न सकिन्छ ।

भारतका मुख्य ब्यानर र लीड कलाकारका चलचित्र घोषणा हुन थाले, तपाईंले हरेक वर्ष दशैंमा चलचित्र आउँथ्यो, यसपटक आएन । अबको दशैंमा पनि नआउने हो ?

यसपटक कोभिड– १९ का कारण आएन, त्यो सबैलाई थाहा छ । तर, आज पहिलोपटक भन्छु, हाम्रो ब्यानरबाट आगामी दशैंमा पनि कुनै चलचित्र आउँदैन ।

तपाईं निर्माता मात्रै होइन कलाकार पनि हो । २०७७ भित्र कुनै प्रोजेक्टमा तपाईंलाई दर्शकले भेट्न सक्लान् ?

कुन चलचित्र र कसको नसोध्नोस् । तर, म र माग्ने बुढाको अभिनय रहने एउटा चलचित्र आउँछ ।

एउटा कुरा भनिदिनुस् न, केही समयअघि तमिल चलचित्र  ‘मास्टर’ले दमदार व्यापार गर्‍यो, नेपालबाट पनि राम्रै कमाई गरेको कुरा छ । सधैँ नेपालमा भारतीय चलचित्र चल्छन्, नेपाली चलचित्र पत्तासाफ भएको किन हो ?

तीतो यथार्थ भन्छु, नेपालमा ६० प्रतिशत भारतीय चलचित्रले राज गरेको अवस्था छ । ३० प्रतिशत नेपाली चलचित्रले ठाउँ पाउँछ भने १० प्रतिशत अंग्रेजी चलचित्र चल्छन् ।

गलत अर्थ नलागोस् तर नेपालमा हिन्दी चलचित्र जबसम्म चल्दैनन् त्यसबेलासम्म स्वयं नेपाली चलचित्र चल्दैनन् । हिन्दी चलचित्रले नेपालमा चलचित्र हेर्ने माहोल बनाउँछ । नेपाली चलचित्र उद्योगको मुख्य सप्लायर्स बलिउड हो ।

जबसम्म उसले यहाँ मार्केट बनाउँदैन त्यसबेलासम्म नेपाली चलचित्र चल्दैनन् । हिन्दी चलचित्र र नेपाली चलचित्र भनेका नङ र मासु जस्तै हुन् ।

झण्डै १ वर्ष चलचित्र नल्याउने घोषणा गरिसक्नुभएको छ, अहिले के गर्दै हुनुहुन्छ ?

म अहिले फार्म हाउस निर्माणमा व्यस्त छु । यो फार्म हाउस बनाएर दिनचर्या कटाउने मेसो होइन कि यसलाई वास्तवमै नमूना फार्म हाउस बनाउने गरी काम भइरहेको छ । 

अर्को कुरा चलचित्र छिट्टै पो नबनाउने कुरा हो, तर ढिला चाँडो त चलचित्र बनाउनुपर्छ । त्यसका लागि हामीले विगतदेखि नै जारी राखेको स्क्रिप्ट लेखनमा व्यस्त छौं ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x