२१ जेठ २०८३, बिहीबार

आरोपितले न्यायाधीशलाई प्रेम प्रस्ताव राखेपछि... (भिडियो)

माघ २७, २०७७
आरोपितले न्यायाधीशलाई प्रेम प्रस्ताव राखेपछि... (भिडियो)

अमेरिकाको फ्लोरिडामा एक आरोपितले भर्चुअल सुनुवाइका क्रममा न्यायाधीशलाई प्रेम प्रस्ताव राखेका छन् । 

आरोपित डेमेट्रियस लुइसले फेब्रुअरी ४ मा जूममार्फत भएको सुनुवाइका क्रममा ब्रोवार्ड काउन्टी अदालतकी न्यायाधीश तबिता ब्ल्याकम्यानलार्ई प्रेम प्रस्ताव गरेका हुन् । 

आरोपितले भने, ‘न्यायाधीश महोदया, तपाईं निकै सुन्दर हुनुहुन्छ । म तपाईंलाई प्रेम गर्छु ।’

न्यायाधीश लुइसको कुरा सुनेर तीनछक्क परिन् तर आफ्नो भावनालाई नियन्त्रणमा राखिन् । 

अनि उनले भनिन्, ‘चाप्लुसी सबैतिर गरिन्छ तर अदालतमा यसको काम छैन ।’

उनले आरोपित लुइसविरुद्ध सजाय सुनाइन् । 

salt training

कमेन्ट गर्नुहोस्