२१ जेठ २०८३, बिहीबार

प्रतिनिधि सभा निर्वाचन– पहिलो चरणमा ४०, दोस्रो चरणमा ३७ जिल्लामा

प्रतिनिधि सभा निर्वाचन– पहिलो चरणमा ४०, दोस्रो चरणमा ३७ जिल्लामा

सरकारले वैशाख १७ र २७ गतेका लागि घोषित प्रतिनिधि सभा निर्वाचन पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १७ गते ४० जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको हो । 

पहिलो चरणमा प्रदेश २, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशमा चुनाव हुनेछ । दोस्रो चरणमा प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशमा चुनाव गर्ने निर्णय भएको सरकारका एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए । 

मन्त्रिपरिषद्को निर्णयबारे प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार निर्वाचन आयोगलाई जानकारी गराएका छन् ।

आयोगले निर्वाचनको तयारीको काम भइरहेको र तोकिएको समयमै चुनाव गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्रीलाई जानकारी गराएको थियो । 

‘प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको तयारीबारे जानकारी गराउनुभयो । प्रधानमन्त्रीज्यूले आयोगको काम सन्तोषजनक रहेको हुनाले धन्यवाद ज्ञापन गर्नुभएको छ । निर्वाचन तयारीका लागि ध्यानाकर्षण गराउनुभएको छ,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने । 

गएको पुस ५ गते मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ गतेका लागि निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयमै चुनाव हुने बताउँदै आएका छन् ।

प्रतिनिधि सभा विघटन विरुद्ध परेका रिट सर्वोच्च अदालतमा विचाराधीन छन् ।

salt training

कमेन्ट गर्नुहोस्