
प्रिमियम सुजुकी गाडीहरूको प्रिमियम सेल्स च्यानल सिजी/नेक्स्ट जेनले न्यू इग्निसको पुनर्सज्जा सार्वजनिक गरेको छ ।
न्यू इग्निसले शानदार अग्रभागयुक्त एसयुभी डिजाइन, फराकिलो र जबरजस्त पछिल्लो भाग तथा उच्च सिटिङ अवस्थिति प्रदर्शन गरेको छ । यसमा थपिएका एसयुभी विशेषतामा आकर्षक स्पोइलर र रुफ रेल समावेश छन् ।
जबरजस्त डिजाइन, उच्च सिटिङ अवस्थिति र उच्च ग्राउन्ड क्लियरेन्सको संयोजनले न्यू इग्निसलाई एउटा परिपूर्ण कम्प्याक्ट अर्बन एसयुभी बनाएको छ । यसमा थपिएका सुखद विशेषतामा आरामदायी र फराकिलो भित्री भाग, हालसालै विकसित सुरक्षा विशेषता, यस वर्गका कारमै अब्बल ड्राइभिङ सामथ्र्य र गतिशीलता हो ।
न्यू इग्निसमा १.२ लिटर बिएस६ कम्प्लाएन्ट पेट्रोल इन्जिन छ, जसले सजिलो तथा आरामदायी ड्राइभिङ अनुभूति प्रदान गर्दछ ।
पूरै नयाँ बाहिरी भाग
न्यू इग्निसको विशिष्ट डिजाइनलाई एसयुभी डिजाइनका तत्वहरू समावेश गरेर सशक्त बनाइएको छ । अंग्रेजी अक्षर यू–आकारको आकृति र बम्परमा फैलिएको बोल्ड स्किड प्लेट सहितको फ्रन्ट ग्रिलले यसलाई स्थिरस्वरूप दिएको छ ।
उच्च सिटिङ पोजिसन, जबरजस्त र फराकिलो आकार सहितको पछिल्लो फेसिया, रुफ रेल र स्पोइलरले यसको एसयूभी विशेषतालाई अझै माथि उकासेका छन् । भव्य डीआरएलएसबाट सुसज्जित प्रभावकारी तथा व्यवस्थित एलईडी प्रोजेक्टर हेडल्याम्पले न्यू इग्निसमा देखिने भव्यतालाई अझ बढी प्रस्ट पारेको छ ।
फराकिलो र आरामदायी भित्री भाग (इन्टेरियर)
न्यू इग्निसको फराकिलो क्याबिनमा विशिष्ट डुअल टोन आइभोरी इन्टेरियर सिट फेब्रिक र नयाँ आधुनिक ढाँचा देख्न पाइन्छ । ड्यासबोर्डको विशिष्ट लिनियर डिजाइनले क्याबिनमा प्रशस्त खुला ठाउँको अनुभूति दिलाउँछ । सिग्नेचर नेक्साको निलो रङसँग पंक्तिबद्ध हुँदै ब्लू हाइलाइटले यसको केन्द्रीय ढाँचालाई सजाएको छ । न्यू इग्निसमा १७.७८ सेन्टिमिटरको स्मार्टप्ले स्टुडियो छ ।
इन्जिन तथा ट्रान्समिसन
न्यू इग्निसमा बिएस६ कम्प्लायन्ट १.२ लिटर भीभीटी पेट्रोल इन्जिन छ, जसले जोसिलो कार्यसम्पादन सुनिश्चित गर्दछ । यो आरामदायी ड्राइभिङ अनुभव प्रदान गर्ने गरी पूर्ण रूपमा सुधार गरिएको इन्जिन रहेको कम्पनीले जनाएको छ ।
सुपेरियर सेफ्टी
नयाँ इग्निसमा पर्याप्त स्पेस र उत्कृष्ट सुरक्षा व्यवस्था रहेको छ । नयाँ इग्निसमा सबै भेरियन्टमा डुअल एअर ब्याग, प्रिटेन्सनर फोर्स लिमिटर सिट बेल्ड, चाइल्ड सिट रिस्टे«न सिस्टम र इबीडी सहितको एबीएस रहेको छ ।
हार्टटेक्ट प्ल्याट फर्मको पाँचौं पुस्तामा तयार गरिएको नयाँ इग्निसमा फ्रन्टर अफसेट, साइड इम्प्याक्ट र पेडेस्ट्रिय रेगुलेसनमा आधारित छ ।