२५ जेठ २०८३, सोमबार

निर्वाचन आयोगबाट फर्केपछि प्रधानमन्त्री ओलीद्वारा शीतल निवासमा राष्ट्रपतिसँग छलफल

निर्वाचन आयोगबाट फर्केपछि प्रधानमन्त्री ओलीद्वारा शीतल निवासमा राष्ट्रपतिसँग छलफल
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच मंगलवार अपराह्न भेटवार्ता भएको छ । 

निर्वाचन आयोगमा पुगेर चुनावको तयारीसम्बन्धी जानकारी लिएपछि प्रधानमन्त्री ओली सिधै राष्ट्रपति निवास पुगेका थिए । 

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच निर्वाचन तयारीसम्बन्धी छलफल भएको बालुवाटार स्रोतले बतायो । 

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्वाचनसम्बन्धी निर्णय जानकारी गराउन ओली राष्ट्रपति निवास पुगेका हुन् ।

ओलीले निर्वाचन आयुक्तहरूको छलफलमा तोकिएको मिति (वैशाख १७ र २७ गते)मै निर्वाचन गर्ने गरी अघि बढ्न आग्रह गरेका थिए ।

उनले आयोगलाई सरकारले आवश्यक सहयोग गर्नेसमेत प्रतिबद्धता व्यक्त गरेको आयोग स्रोतले जानकारी दियो । 

आयोगमा भएको छलफल लगत्तै ओली र राष्ट्रपतिबीच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्