२० असार २०८३, शनिबार

एमसीसी अनुमोदनको जवाफ नयाँ आउने संसद्ले दिन्छ– अर्थमन्त्री पौडेल

एमसीसी अनुमोदनको जवाफ नयाँ आउने संसद्ले दिन्छ– अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु पौडेलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुमोदन नयाँ संसद्ले गर्ने बताएका छन् । मुलुक निर्वाचनमा होमिएको र निर्वाचनबाट आउने संसद्ले एमसीसी अनुमोदन गर्ने उनले बताए । 

आर्थिक वर्ष २०७७/०७८ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्न मन्त्रालयमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले एमसीसी अनुमोदन नयाँ संसद्ले गर्ने बताएका हुन् ।

‘एमसीसीको अनुमोदन के हुन्छ भन्ने साथीहरूको जिज्ञासा होला । नयाँ पार्लियामेन्टको गठनसँगै यो प्रश्नको जवाफ पनि नयाँ संसद्ले लिएर आउँछ होला,’ पौडेलले भने । 

पत्रकार सम्मेलनमा अर्थसचिव शिशिर ढुंगानाले एमसीसीअन्तर्गत चालु आर्थिक वर्षमा ८ अर्बको काम गर्ने लक्ष्य रहेको बताए । 

प्रशारण लाइनका लागि नुवाकोटको रातमाटेमा जग्गा अधिग्रहणको काम यसै आर्थिक वर्षमा हुने उनले जानकारी गराए । 

यसअघि प्रतिनिधि सभामा अनुमोदनका लागि पठाइएको एमसीसी अनुमोदन हुन सकेको थिएन । 
 

salt training

कमेन्ट गर्नुहोस्