१० साउन २०८३, आइतबार

दक्षिण चीन सागरमा अमेरिकाका दुई युद्धपोत समूहले गरे अभ्यास, चीनले गर्‍यो आलोचना

माघ २७, २०७७
दक्षिण चीन सागरमा अमेरिकाका दुई युद्धपोत समूहले गरे अभ्यास, चीनले गर्‍यो आलोचना

अमेरिकाका दुई युद्धपोत समूहहरूले दक्षिण चीन सागरमा मंगलवार संयुक्त अभ्यास गरेका छन् । 

केही दिनअघि ती युद्धपोतहरू उक्त क्षेत्रमा पुगेका हुन् । अमेरिकाले शान्ति र स्थिरता खलबल्याएको भन्दै चीनले आलोचना गरेको छ । 
 

थियोडोर रूजवेल्ट क्यारियर स्ट्राइक ग्रूप र निमित्ज क्यारियर स्ट्राइक ग्रूपले संयुक्त अभ्यास गरेको अमेरिकी जलसेनाले जानकारी दिएको छ । सन् २०२० को जुलाई महिनापछि पहिलोपटक त्यस क्षेत्रमा संयुक्त अभ्यास गरिएको हो । 

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले अमेरिकी युद्धपोत तथा विमानहरू शक्तिप्रदर्शनका लागि दक्षिण चीन सागरमा आइरहँदा क्षेत्रीय शान्ति र स्थिरता कायम नहुने बताए । 

‘चीनले राष्ट्रिय सुरक्षा तथा सार्वभौमसत्ताको रक्षाका लागि आवश्यक कदम चालिरहनेछ र दक्षिण चीन सागर क्षेत्रमा शान्ति र स्थिरताका लागि अन्य मुलुकहरूसँग मिलेर काम गर्नेछ,’ उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्