०३ असार २०८३, बुधबार

एनएमबी बैंकले बीएन्डबी अस्पताल परिसरमा सञ्चालनमा ल्यायो एटीएम सेवा

एनएमबी बैंकले बीएन्डबी अस्पताल परिसरमा सञ्चालनमा ल्यायो एटीएम सेवा

एनएमबी बैंकले बीएन्डबी अस्पताल परिसरमा एटीएम सेवा विस्तार गरेको छ ।

उक्त सेवाको उद्घाटन एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र बीएन्डबी बोर्डका तर्फबाट डा. सरोज वैद्यले संयुक्त रूपमा गरे ।

कार्यक्रममा एनएमबी बैंकबाट कर्मचारीहरूका साथै बीएन्डबीका तर्फबाट डा. रिना वैद्य, विवेक श्रेष्ठ, चेतना बाँस्कोटा लगायत व्यक्तिहरूको उपस्थिति थियो ।

वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै र सुरक्षाका उपायहरू अवलम्बन गदै उक्त कार्यक्रम गरिएको थियो ।

एनएमबी बैंकले हाल देशभरि १८० शाखा, १३६ एटीएम, ९ एक्स्टेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।   

salt training

कमेन्ट गर्नुहोस्