२३ जेठ २०८३, शनिबार

नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, १ सय ६० संक्रमित थपिए

नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, १ सय ६० संक्रमित थपिए

कोरोनाभाइरस (कोभिड- १९)बाट नेपालमा थप २ जनाको मृत्यु भएको छ ।

यससँगै मृत्यु हुनेको कुल संख्या २ हजार ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका १ सय ६० संक्रमित थपिएका छन् ।

थपिएका सहित कोरोनाका कुल संक्रमितको संख्या २ लाख ७२ हजार २ सय १५ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या भने १ हजार ७ सय ३७ छ ।

२ लाख ६८ हजार ४ सय ३१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्