०८ असार २०८३, सोमबार

भारतमा एक व्यक्तिको शरीरमा भेटियो 'ढुंगाको मुटु'

माघ २७, २०७७
भारतमा एक व्यक्तिको शरीरमा भेटियो 'ढुंगाको मुटु'

ढुंगाको मुटु अब उखानटुक्कामा मात्र सीमित रहेन ।

भारतको गोवा मेडिकल कलेजमा एक व्यक्तिको मुटुका कोशिकाहरू दह्रो बनेको र त्यसले गर्दा मुटु ढुंगा बनेको पाइएको छ । 

ती मृत व्यक्तिको अटोप्सी गर्दा ढुंगाको मुटु भेटिएको हो । 

जुनियर रेजिडेन्ट तथा सेकेन्ड ईयर स्टुडेन्ट डक्टर डा भरत श्रीकुमारले गत जुलाई महिनामा गोवाको एक पार्कमा मृत भेटिएका व्यक्तिको अटोप्सी गरेका थिए । 

त्यसक्रममा मुटु चिर्न खोज्दा त्यो ढुंगा झैं साह्रो बनेको उनले पाए । देब्रेतिरको भेन्ट्रिकलमा विशाल एन्डोकार्डियल काल्सिफिकेसन देखिएको र त्यसले गर्दा रिस्ट्रिक्टिभ कार्डियोमायोप्याथी भएको उनले भेटे । 

‘मुटु ढुंगा जस्तै कडा भएको थियो । यस्तो दुर्लभ केसका बारेमा मैले सिनियर डक्टरहरूलाई बताउँदा उहाँहरूले हिस्टोप्याथोलोजिकल अध्ययन गर्न भन्नुभयो,’ श्रीकुमारले बताए । 
 

हिस्टोप्याथोलोजीमा रोगको लक्षण अध्ययन गर्नका लागि एक कोशिकाको सूक्ष्म परीक्षण गरिन्छ । 

परीक्षणमा ती व्यक्तिको मुटु काल्सिफिकेसनका कारण कडा बनेको उनले पाए । यही काल्सिफिकेसनले मिर्गौलामा पत्थरी पनि गराउँछ । 
 

salt training

कमेन्ट गर्नुहोस्