
चालु आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यको ८०.२ प्रतिशत पुँजीगत खर्च हुने अर्थ मन्त्रालयले प्रक्षेपण गरेको छ ।
मंगलवार बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्रालयले पुँजीगत खर्च २ खर्ब ८३ अर्ब ४ करोड रुपैयाँ हुने अनुमान गरेको हो ।
मन्त्रालयका अनुसार, चालु आवको पहिलो ६ महिनामा सरकारले ५० अर्ब ८१ करोड ७० लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ ।
मन्त्रालयले यस चालु आव २०७७/७८ मा ८०.२ प्रतिशत पुँजीगत खर्च गर्ने अनुमान गरेको छ ।
यस्तै चालुतर्फ ९ खर्ब १४ अर्ब ७८ करोड रुपैयाँ खर्च हुने मन्त्रालयको प्रक्षेपण रहेको छ ।
चालु आवको पुस मसान्तसम्ममा ३ खर्ब ४२ अर्ब ३५ करोड ६२ लाख रुपैयाँ खर्च भइसकेको बताउँदै मन्त्रालयले चालु आवको बाँकी अवधि (६ महिना)मा ५ खर्ब ७२ अर्ब ४२ करोड ३८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
यस्तै वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ४६ अर्ब ८६ करोड रुपैयाँ खर्च हुने मन्त्रालयको प्रक्षेपण छ ।