
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन अवधिमा राजनीतिक दलको विवाद निर्वाचन आयोगले हेर्न नमिल्ने बताएका छन् । उनले आयोगलाई राजनिितक दलसम्न्धी ऐन र नियमको व्यवस्था समेत ध्यानाकर्षण गराएका छन् ।
आफूपक्षीय नेताहरुसहित मंलबार आयोग पुगेका उनले प्रमुख र आयुक्तलाई भने ‘तपाईंहरुकै नियमकानुन अनुसार नै अहिले दलको विवादमा जान मिल्दैन । संविधान, ऐन र नियम हेरेर काम गर्नुहोला भन्ने विश्वास छ ।’
आयोगमा ओलीले नेकपा नफुटेको दावी गरेको कान्तिपुर दैनिकामा खबर छ ।