०३ असार २०८३, बुधबार

उत्तराखण्डमा हिमनदी विस्फोटले क्षति पुर्‍याएकोमा राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

उत्तराखण्डमा हिमनदी विस्फोटले क्षति पुर्‍याएकोमा राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको उत्तराखण्डमा हिमनदी विस्फोट भई जनधनको क्षति भएकोमा दुःख व्यक्त गरेकी छन् ।

बुधवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै राष्ट्रपति भण्डारीले शोकाकुल परिवारमा समवेदना प्रकट गरेकी छन् ।

‘मित्रराष्ट्र भारतको उत्तराखण्डमा हिमनदी विस्फोट भई आएको बाढीका कारण जनधनको ठूलो क्षति भएकोमा दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु,’ भण्डारीले लेखेकी छन्, ‘यस घटनाबाट जलवायु परिवर्तनले ल्याएको चुनौतीको सामना गर्न हिमालय क्षेत्रका राष्ट्रहरूबीच अझ बलियो समन्वय जरुरी देखिएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्