२३ असार २०८३, मंगलबार

भृकुटीमण्डपमा शुरू भयो प्रचण्ड–नेपाल पक्षको विरोध सभा

भृकुटीमण्डपमा शुरू भयो प्रचण्ड–नेपाल पक्षको विरोध सभा

प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको विरोध सभा भृकुटीमण्डपमा शुरू भएको छ ।

सभामा अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेताहरू सहभागी छन् ।

सभाको मुख्य वक्ता प्रचण्ड रहेका छन् । आलोपालो बैठकको अध्यक्षता र सभाहरूमा प्रमुख आतिथ्य गर्ने गरेकोमा आज प्रचण्डको पालो परेको प्रचण्ड-नेपाल पक्षका एक नेताले बताए ।

स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले सञ्चालन गरेको सभामा १४ जनाले सम्बोधन गर्ने तय भएको छ ।

सभाका लागि दलित, जनजाति, मधेशी, महिला आदिलाई समानुपातिक प्रतिनिधित्वका आधारमा सम्बोधन गर्न दिने गरी कार्यसूची तय भएको छ ।

यो सभालाई प्रचण्ड-नेपाल पक्षले तेस्रो चरणको आन्दोलनको उत्कर्षका रूपमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्