०९ साउन २०८३, शनिबार

ओली साक्षी मात्र बसेका थिए, उनको नाटकलाई सडकले नंग्याइसकेको छ– अञ्जना बिशंखे

ओली साक्षी मात्र बसेका थिए, उनको नाटकलाई सडकले नंग्याइसकेको छ– अञ्जना बिशंखे

नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ अञ्जना बिशंखेले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशीको पक्षमा कहिल्यै नरहेको आरोप लगाएकी छन् ।

केबल प्रधानमन्त्री बन्नका लागि मात्र ओली त्यसको साक्षी बसेको उनको आरोप छ ।

नेकपा प्रचण्ड-नेपाल पक्षले बुधवार भृकुटीमण्डपमा आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै उनले भनिन्- 'संघीयता, धर्मनिरपेक्षता र संविधानमा लेखिएको समानुपातिक समावेशी लगायतका एजेन्डालाई कार्यान्वयन गर्नका लागि हामी सडकमा आएका छौं । ती मुद्दाहरू अहिले सडकमा छरिएका छन् । ती हाम्रा मुद्दा थिए, केपी ओलीका मुद्दा थिएनन् । उनी केबल प्रधानमन्त्री बन्नका लागि साक्षी बसेका थिए ।'

उनले प्रधानमन्त्री ओलीको नाटकलाई सडकले नंग्याइसकेको समेत बताइन् ।

'प्रधानमन्त्रीको नाटकलाई यो सडकले नंग्याइसकेको छ, हामी प्रतिगमनको विरोधमा छौं,' उनले भनिन् ।

salt training

कमेन्ट गर्नुहोस्