
नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई ढाँटेको आरोप लगाएका छन् ।
एउटै भाषणमा दुई परस्परविरोधी कुरा गरेको भन्दै पन्तले कुनचाहिँ साँचो हो भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरे ।
'अस्ति नारायणहिटीको दक्षिण ढोकामा उभिएर दक्षिणतर्फ फर्किएर भन्नुभयो– मेरो पालामा जति विकास कहिल्यै भएन । ५ मिनेटपछि फेरि भन्नुभयो प्रचण्ड-नेपालले, बहुमत केन्द्रीय सदस्यले हातखुट्टा बाँधेर काम गर्नै दिएनन्,' पन्तले प्रश्न गर्दै भने, 'म केपी ओलीलाई सोध्न चाहन्छु, तपाईंले भनेको कुनचाहिँ कुरा साँचो हो ?'
उनले आफूले ओलीको थप आलोचना नगर्ने बताए ।
'म केपी ओलीको धेरै आलोचना गर्न चाहन्न । यसअगाडि पनि नेताहरूले उहाँको धेरै आलोचना गर्नुभयो अनि अस्ति नारायणहिटीको दक्षिण ढोकामा क्वाँक्वाँ रुनुभयो । अब म यहाँबाट आलोचना गरौंला उहाँ पश्चिम ढोकामा बसेर रुनुहोला । म उहाँको आलोचना गर्न चाहन्न,' पन्तले भने ।