
सीमामा खटिएका चिनियाँ र भारतीय सैनिकहरू लद्दाखको पांगोङ तालका दक्षिणी र उत्तरी किनाराबाट क्रमशः पछि हट्न थालेका छन् ।
सैन्य कमान्डर तहमा भएको नवौं चरणको वार्तापछि भएको सम्मति अनुसार बुधवारदेखि सैनिक पछि हट्न थालेको चीनको रक्षा मन्त्रालयले जनाएको छ ।
भारतको केन्द्र सरकारका राज्यमन्त्री भीके सिंहले वास्तविक नियन्त्रण रेखालाई चीनले भन्दा बढी भारतले मिचेको भनी बयान दिएलगत्तै सीमामा डिसइंगेजमेन्टको काम शुरू गरिएको हो ।