२५ असार २०८३, बिहीबार

‘कठै बरा’ भन्दै सूर्य थापाले पोखे आक्रोश

‘कठै बरा’ भन्दै सूर्य थापाले पोखे आक्रोश

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्ड–नेपाल समूहले बुधबार आयोजित विरोध सभामा जथाभावी आलोचनाको शब्द प्रहार गरेको भन्दै आक्रोश पोखेका छन् ।
‘शब्द प्रयोगमा संयमित र जवाफदेही  नभएर जथाभावी बर्बराउने हो भने हत्यारा, रक्तपिपासु, लुटेरा र अरू केके भन्न सकिन्छ होला ह्वालाई ?’, उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘तथ्यको आधारमा सही कुरा भनौं त जनता जनार्दन ! अझ आज त ढाडे बिरालोले मुसा नखाने पो  घोषणा गरेको सुन्दा झनै आश्चर्य लाग्यो ।’

प्रचण्ड–नेपाल समूहलाई ‘कठै बरा’ भनि टिप्पणी गर्दै भनेका छन्, ‘यो त अर्को चरम नौटंकी भएन र ? अब प्रधानमन्त्री हुने बुँता चट्,  अनि देश पो बनाउने रे, कठै बरा ??’
प्रचण्ड–नेपाल समूहले आज राजधानीमा गरेको बृहद् विरोधसभाका क्रममा नेताहरुले प्रधानमन्त्रीको कडा आलोचना गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्