२२ जेठ २०८३, शुक्रबार

ओली नेतृत्वको नेकपा लतिलपुरमा पुनःगठनको लहर

ओली नेतृत्वको नेकपा लतिलपुरमा पुनःगठनको लहर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको ललितपुर जिल्ला र मातहतका कमिटीमा पुनःगठनको लहर चलेको छ ।

    जिल्ला कमिटीका अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले आउँदो फागुन १० गतेभित्र सबै पालिकमा नगर र वडा कमिटी गठन गर्ने जानकारी दिए । जिल्ला कमिटीद्वारा आज आयोजित ‘अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम’ मा व्यञ्जनकारले आउँदो वैशाख १७ र २७ गते हुने निर्वाचनमा विजय हासिल गर्न कमिटी पुनः गठन गरी तयारी रहन कार्यकर्तालाई आग्रह गरे ।  

 नेकपाका जिल्ला इञ्चार्ज सुशीला नेपालले आफूहरु न्याय, सत्य र समतामूलक समाज निर्माणमा लागिपरेको औँँल्याए। केन्द्रीय सदस्य मधुसुदन पौडेलले आउँदो निर्वाचनका लागि पार्टीमा रहेका पुराना सबै साथी खोजेर अघि बढ्नुपर्ने बताए । निवर्तमान सांसद नवराज सिलवालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा नै जनताको भरोसा रहेको विचार व्यक्त गरे । 
    
 

salt training

कमेन्ट गर्नुहोस्