०२ असार २०८३, मंगलबार

ग्रीसमा लकडाउनको घोषणा

माघ २८, २०७७
ग्रीसमा लकडाउनको घोषणा

ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले देशका केही ठाउँमा लकडाउन घोषणा गरेका छन् ।

    कोरोनाभाइरसको महामारी फैलिँदै गएपछि न्यूनीकरण गर्न भन्दै उनले मङ्गलबार अत्तिका क्षेत्रमा लकडाउन घोषणा गरेका हुन् । 

    ग्रीसका झण्डै आधा जनसङ्ख्या रहेको मानिने त्यस क्षेत्रमा थप मानवीय सङ्कट नपरोस् भनेर लकडाउन घोषणा गर्न अधिकारीहरूले सिफारिस गरेका थिए ।

    लकडाउन घोषणा गरिएकाले त्यस क्षेत्रका सबै विद्यालयहरू बन्द भएका छन् भने विद्यार्थीहरू फेरी अनलाइन कक्षामा फर्किएका छन् ।  

    त्यसैगरी अन्य पसल तथा सेवाका क्षेत्रसमेत धेरै बन्द गरिएको छ । ग्रीसमा गत नोभेम्बरको ७ तारिखदेखि देशव्यापी लकडाउन लागू गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्