०२ असार २०८३, मंगलबार

महिलालाई विदेश जान पालिकाको सिफारिस अनिवार्य

माघ २९, २०७७
महिलालाई विदेश जान पालिकाको सिफारिस अनिवार्य

महिलालाई घरेलु कामका लागि वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको सरकार पुनः विदेश जाने महिलालाई विभेद हुनेगरी अर्को निर्णय गर्ने तयारीमा रहेको खबर आजको नागरिक दैनिकले छापेको छ । भिजिट भिसा लिएर विदेश जाने महिलाको संख्या वृद्धि भएको र जोखिम पनि बढेको तर्क गर्दै सरकारले यस्तो व्यवस्था गर्न लागेको हो । 

अध्यागमन विभागले २०६५ को कार्यविधि संशोधन गर्न गृह मन्त्रालयमा मस्यौदा पेस गरिसकेको छ । मस्यौदामा भिजिट भिसामा विदेश जाने महिलाले स्थानीय तहको सिफारिस, परिवारको सहमतिलगायत १५ लाख बराबरको बीमा तथा क बर्गको बैंकबाट कम्तीमा १ हजार डलर सटही गरेको प्रमाण देखाउनुपर्ने उल्लेख छ । नागरिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्