०२ असार २०८३, मंगलबार

जग्गासम्बन्धी सेवा अब स्थानीय तहबाटै

माघ २९, २०७७
जग्गासम्बन्धी सेवा अब स्थानीय तहबाटै

जग्गा   रोक्का   तथा फुकुवालगायतका   जग्गा   प्रशासनसम्बन्धी   आधारभूत सेवा  अब  स्थानीय  तहबाटै  लिन  सकिने  व्यवस्था गरिएको छ । नेपाल सरकारले यसका लागि भूसेवा केन्द्र खडा गरेको छ । मुलुकका २० स्थानमा यो केन्द्र खडा भइसकेको छ । जग्गाका  पुराना  ढड्डा  स्रेस्तालाई  अब  सेवाग्राहीले स्थानीय तहसँगको सम्पर्कमा रहेर कम्प्युटरबाटै जानकारी लिएर  सेवा  लिने  व्यवस्था  गरिएको  छ । 

 भूमि  व्यवस्था तथा  अभिलेख  विभागका  महानिर्देशक  शेषनारायण पौडेलका अनुसार जग्गा प्रशासनसम्बन्धी आधारभूत सेवा नागरिकले घरदैलोबाटै लिन सकून् र विभिन्न कार्यालय धाइरहन नपरोस् भनेर यो व्यवस्था थालिएको हो । घरजग्गा  धितोमा  रहेर  वाणिज्य  बैङ्क  वा  साहु आसामी  परेको  तथा  सहकारी  वित्तीय  संस्थाले  रोक्का राखेको जग्गा फुकुवा गर्ने र धितोमा राख्दा जग्गा रोक्का राख्नेलगायतका कार्य अब यही सेवामार्फत हुने महानिर्देशक पौडेलले बताए । गोरखापत्रमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्