
नेकपा ओली समूहका जनसङ्गठन इञ्चार्ज टोपबहादुर रायमाझीले आफ्नै पार्टीका प्रधानमन्त्रीलाई एकाएक हटाउन खोज्दा प्रतिनिधिसभा विघटन गर्ने अवस्था आएको बताएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका रायमाझीले प्रेस सङ्गठन नेपाल लुम्बिनी प्रदेश कमिटीले आज बुटवलमा आयोजना गरेको प्रदेश भेलाको उद्घाटन गर्दै पार्टी एकताको म्याण्डेटअनुसार सबै निर्णय सहमतिमा गर्ने भनिए पनि दाहाल–नेपाल समूहले पदीय लोभका कारण सहमतिविपरीत कार्यहरु गरेर सरकालाई अप्ठ्यारोमा पार्ने काम गरेपछि प्रधानमन्त्रीले बाध्य भएर प्रतिनिधिसभा विघटन गरी जनतामा जाने निर्णय गरेको धारणा राखे ।
उनले विपक्षीसँग मिलेर आफ्नै पार्टीका नेताले प्रधानमन्त्रीलाई प्रहार गर्ने काम भएको बताउँदै त्यस्ता गलत क्रियाकलापले नेकपाको दाहाल–नेपाल समूहलाई सडकमा पु¥याएको बताए ।