०२ असार २०८३, मंगलबार

कोरोनाले स्थगित ‘गाउँघरमा चिकित्सक’ कार्यक्रम पुनः सञ्चालन

फागुन १, २०७७
कोरोनाले स्थगित ‘गाउँघरमा चिकित्सक’ कार्यक्रम पुनः सञ्चालन
प्रतिकात्मक तस्वीर

कोरोना कहरका कारण स्थगित भएको ‘गाउँघरमा चिकित्सक’ कार्यक्रम सञ्चालनमा आएको छ ।

निःशुल्करूपमा गाउँघरमै चिकित्सकीय सेवा दिने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको हो । 

हालसम्म जिल्लाका ३ स्थानीय तहमा कार्यक्रम सम्पन्न भइसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए ।

मेलौली नगरपालिका सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा कार्यक्रम सम्पन्न भइसकेको छ । उनले भने, ‘प्रत्येक स्थानीय तहमा २ दिने शिविर सञ्चालन गरेर सेवा दिन्छौं ।’ ३ वटै स्थानीय तहमा गरेर १ हजार ६०० जनालाई सेवा प्रदान गरिएको जिल्ला अस्पतालले जनाएको छ । 

शिविरमा जनरल ओपीडी, अल्ट्रासाउन्ड, प्रयोगशाला, परिवार नियोजन, दन्त, अपाङ्गता परिचय पत्रका लागि सिफारिस, औषधि वितरण लगायतका सेवा प्रदान गरिँदै आएका छन् ।

ग्रामीण क्षेत्रका नागरिकलाई गाउँघरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको हो । 

जिल्ला अस्पतालमा पुग्न सहज नभएका पालिकाका नागरिकलाई गाउँघरमै चिकित्सक पुगेर सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको डा. जोशीले बताए । चालू आर्थिक वर्षमा जिल्लाका ५ वटा दुर्गम पालिकामा शिविर सञ्चालन गरेर विभिन्न सेवा एकीकृत रूपमा दिने लक्ष्य रहेको जिल्ला अस्पतालले जनाएको छ ।

प्रदेश सरकारको कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालयको आयोजनाका शिविर सञ्चालन भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्