२१ जेठ २०८३, बिहीबार

ओलीलाई प्रचण्डको चेतावनी : भ्रमबाट मुक्त नभए शहीदका हजारौं कंकालहरू चिहानबाट निस्कन्छन्

ओलीलाई प्रचण्डको चेतावनी : भ्रमबाट मुक्त नभए शहीदका हजारौं कंकालहरू चिहानबाट निस्कन्छन्

नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड-नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी ओली भ्रमबाट मुक्त नभए शहीदहरुका हजारौँ कंकालहरु चिहानबाट निस्कने चेतावनी दिएका छन् । 

काठमाडौँमा आयोजित शहीद स्मृति कार्यक्रममा प्रचण्डले ओलीले यो उपलब्धी किच्न सक्छु भन्ने ठानेका बताउँदै उनी छिटै भ्रममुक्त भएको राम्रो हुने बताए । 

उनले भने,'उनी छिटै भ्रममुक्त भएको राम्रो हुन्छ’, प्रचण्डले भने, ‘हैन भने शहीदहरुका हजारौँ कंकालहरु चिहानबाट निस्कनेछन्।’

कार्यक्रममा हजारौँको बलिदानबाट प्राप्त उपलब्धी खतरामा रहेको उल्लेख बताउँदै प्रचण्डले फेरि एकचोटी बलिदानका लागि तयार रहनुपर्ने औंल्याए । 

‘हामी युद्धका क्रममा नै मारिन सक्थ्यौँ । हामी बाँचेका छौँ । ती महान शहीदहरुको बलिदानबाट प्राप्त भएको उपलब्धीलाई कुल्चिने दुस्साहस भएको छ । हामी सहन सक्छौँ त’, प्रचण्डले भने, ‘ फेरि बलिदान हुन तयार छौँ भनेर संकल्प गर्ने दिन हो आज।’

उनले आफू पृथ्वीनारायण शाहको युद्धकलाबाट प्रभावित भएको समेत बताए।  

salt training

कमेन्ट गर्नुहोस्