२२ जेठ २०८३, शुक्रबार

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

फागुन १, २०७७
पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना
फाइल फोटो

पश्चिमी वायुको प्रभावले शनिवार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागले शनिवार एक बुलेटिन निकालेर पश्चिमी वायुको प्रभावले शनिवार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातका साथै १ नम्बर प्रदेशका पहाडी भूभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

मौसमविद्का अनुसार मौसमी प्रणालीको प्रभावले आगामी सोमवार देशभर आंशिकदेखि सामान्य बदली हुने बताइएको छ । यस प्रणालीमा जलवायुयुक्त हावा कम भएकाले ठूलो वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

हाल देशको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातका साथै १ नम्बर प्रदेशका पहाडी भूभागका १ वा २ स्थानका हल्का वर्षा हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २१ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

शनिवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्