२१ जेठ २०८३, बिहीबार

जनसभा गर्नुअघि बुटवलमा यस्तो देखियो ओली समूहको र्‍याली [फोटोफिचर]

जनसभा गर्नुअघि बुटवलमा यस्तो देखियो ओली समूहको र्‍याली [फोटोफिचर]

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले जनसभा शुरू गर्नुअघि बुटवल बजारमा र्‍याली प्रदर्शन गरेको छ ।

पार्टी विभाजनपछि देशका विभिन्न ठाउँमा जनसभा गर्दै हिँडेका प्रधानमन्त्री केपी शर्मा ओली शनिवार बुटवलको बृहत् जनसभालाई सम्बोधन गर्दैछन् ।

सभाको आयोजना नेकपा लुम्बिनी प्रदेश कमिटीले गरेको हो । बुटवल–७ दीपनगरस्थित सिद्धेश्वर माविको खेल मैदानमा हुने बृहत् जनसभामा प्रधानमन्त्री ओली, अर्थमन्त्री तथा महासचिव विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग मन्त्री लेखराज भट्ट लगायतले सम्बोधन गर्ने जनाइएको छ । 

सभामा २ लाख जनता उतार्ने नेकपाले दाबी गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले सभामा रुपन्देहीमा १ लाख र बाहिरी जिल्लाबाट १ लाख जनता आउने दाबी गरे ।

यस्तो देखियो र्‍याली –

salt training

कमेन्ट गर्नुहोस्