
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले जनयुद्धका उपलब्धी र पूर्व जनमुक्ति सेनाको रक्षा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा हुने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको लुम्बिनी प्रदेश कमिटीले बुटवलमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै रायमाझीले प्रचण्डको नेतृत्वमा रहेका नेताहरू सडकछाप भइसकेका बताए ।
‘अब जनमुक्ति सेनाको रक्षा केपी शर्मा ओलीले गर्नुहुन्छ, जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा हुन्छ,’ उनले भने ।
पार्टी विभाजनपछि देशका विभिन्न ठाउँमा जनसभा गर्दै हिँडेका प्रधानमन्त्री केपी शर्मा ओली शनिवार बुटवलको बृहत् जनसभालाई सम्बोधन गर्दैछन् ।