२१ जेठ २०८३, बिहीबार

नदी किनारमा फोहर फाल्नेमाथि कारवाही

नदी किनारमा फोहर फाल्नेमाथि कारवाही

उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदी किनारस्थित आ–आफ्ना घर एवं कार्यालय अघि फोहर फाल्ने दुई व्यक्ति र एक व्यवसायीलाई कारवाही गरिएको छ ।

    काठमाडौँ महानगरपालिका–३१ स्थित मीनभवन, आलोकनगर क्षेत्रको घर अगाडि सार्वजनिक सडकपेटीमा फोहर एवं सामान राखेकोमा अब्दुल अली खानलाई रु चार हजार, ध्रुव सिट हुड वर्कसलाई रु एक हजार र  खगेन्द्र कुँवरलाई रु एक हजार गरी जम्मा रु छ हजार जरिवाना गरिएको छ । जरिवाना रकम काठमाडौँ महानगरपालिका वातावरण विभागको कोषमा दाखिला गरिएको वाग्मती सफाइ महाअभियानका अभियानकर्मी गोविन्द काफ्लेले बताए ।

  वाग्मती सफाइ महाअभियानको ४०५औँ हप्ताको सफाइ तीनकुने एवं मीनभवन क्षेत्रको वाग्मती किनारमा भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्