२२ जेठ २०८३, शुक्रबार

भूमिहीनलाई अब जग्गाधनी बनाइने

फागुन २, २०७७
भूमिहीनलाई अब जग्गाधनी बनाइने

भूमिहीन   तथा सुकुम्बासीलाई  जग्गाधनी  पुर्जा  उपलब्ध  गराउने गरी   भरतपुर  महानगरपालिकासहित   स्थानीय सरकारहरूले प्रक्रिया सुरु गरेका छन् । ३७ हजारभन्दा बढीलाई जग्गाधनी पुर्जा दिने गरी चितवनका सातवटै स्थानीय सरकारले आफ्नो स्थानीय तहभित्र रहेका भूमिहीन तथा सुकुम्बासीको लगत सङ्कलन सुरु गरेका हुन् । 

रत्ननगर  नगरपालिकाको  भूमिहीन  तथा सुकुम्बासीको लगत सङ्कलन समितिका संयोजक अर्जुन पङ्गेनीले छ महिनाभित्रै भूमिहीनलाई लालपुर्जा दिने गरी काम भइरहेको बताए । “भूमिहीनहरूलाई  जग्गा  धनीपुर्जा  उपलब्ध गराउने  गरी  हामीले  लगत  सङ्कलनको  पहिलो चरणको काम सकेका छौँ, अब वडाबाट प्रमाणित गराएर नाप नक्सा निकाल्ने काम सुरु गर्दै छौँ”, उनले भने । रत्ननगरमा भूमिहीन सुकुम्बासी तथा  अव्यवस्थित  बसोबास  गर्ने  परिवारको सङ्ख्या  दुई  हजार  ४५०  रहेको  नगरपलिकाले जनाएको छ । गोरखापत्रमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्