२२ जेठ २०८३, शुक्रबार

भीरकट्यामा अड्कियो अनुसन्धान, चाउचाउ खाएको देख्ने प्रत्यक्षदर्शी भेटिए

फागुन २, २०७७
भीरकट्यामा अड्कियो अनुसन्धान, चाउचाउ खाएको देख्ने प्रत्यक्षदर्शी भेटिए

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट हत्याको अनुसन्धान भीरकट्याको बाटोमा अड्किएको छ। भागरथी पढ्ने विद्यालयदेखि झन्डै ५ सय मिटर दूरीमा रहेको भीरकट्याबाट घटनास्थलसम्मको सम्पर्क प्रहरीले जुटाउन सकिरहेको छैन।
भागरथी माघ २१ गते दिउँसो १ बजेर ४५ मिनेट अर्थात् टिफिनका बेला सनातन धर्म मावि खोचलेकबाट घर हिँडेकी थिइन्। उनले खोचलेक बजारको एक पसलमा चाउचाउ किनेको प्रहरीको अनुसन्धानमा खुलेको छ। उनले त्यो चाउचाउ बजारबाट झन्डै ३ सय मिटर दूरीमा रहेको भीरकट्याको भीरमा खाइन्।

‘भीरकट्याको भीरमा चाउचाउ खाएको देख्ने प्रत्यक्षदर्शी भेटिएका छन्। त्यतिबेला दुई जना थिए। दुवै भीरकट्याको भीरबाट छुट्टिए’, एक प्रहरी अधिकृतले भने, ‘तर, त्यसभन्दा माथिको लोकेसन पत्ता लगाउन प्रहरीलाई हम्मेहम्मे परेको छ।’ भीरकट्याबाट घटनास्थल झन्डै दुई किमि दूरीमा छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्