
बलिउड अभिनेता अमिताभ बच्चन पछिल्लो समय आलोचित बनेका छन् ।
भारतमा पछिल्लो पटक भएको किसान आन्दोलनमा मौन बसेको भन्दै समर्थकहरू नै उनीमाथि खनिएका हुन् ।
किसान आन्दोलनका पक्ष/विपक्षमा बलिउडका धेरै अभिनेता अभिनेत्रीहरूले आवाज उठाएपनि अमिताभ मौन बसेका थिए ।
किसानको पक्षमा नबोलेको भन्दै उनलाई समर्थकहरूले आलोचना गरेका हुन् ।
शनिवार सामाजिक सञ्जालमा उनले शुटिङ भइरहेको नयाँ चलचित्रबारे एक ट्वीट गरेका थिए । सो ट्वीटमा प्रतिक्रिया दिँदै प्रयोगकर्ता शिल्पा राजपूतले फिल्ममा अमिताभले किसानको भूमिका धेरै निभाएपनि वास्तविक जीवनमा यसबारे उनी नबोलेको टिप्पणी गरेकी छिन् ।
उनले अमिताभलाई ‘डरपोक’ मानिस समेत भनेकी छन् । उनले लेखेकी छिन्, ‘फिल्ममा किसानको भूमिका धेरै निभाएपनि असल जिन्दगीमा तपाईं एक डरपोक मानिस हो जसले किसानका लागि एक ट्वीट समेत गर्नुभएन ।’
अर्का एक ट्वीटर प्रयोगकर्ताले अमिताभलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘चम्चा’ समेत भन्न भ्याएका छन् ।
फिल्मो में किसानों के किरदार तो बोहोत निभाये पर असल जिंदगी में आप एक डरपोक इंसान हो जो किसानों के लिए एक ट्वीट तक नही किया।
— शिल्पा राजपूत~भारतीय🇮🇳 (@Shilpa_Bhartiy) February 13, 2021