
सर्वाेच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई विरुद्धको प्रमाण बुझ्ने आदेश दिएको छ ।
आइतवार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले नेपाल र भट्टराई विरुद्धको प्रमाण बुझ्न आदेश दिएको हो ।
रिट निवेदक अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार र विशेष अदालतमा रहेका फाइल झिकाएर प्रमाण बुझ्न आदेश दिएको जानकारी दिए ।
अधिवक्ता न्यौपानले नेपाल र भट्टराईलाई समेत मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । सरकारी जग्गा व्यक्तिका नाममा ल्याएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्रीदेखि पूर्व प्रशासकविरुद्ध मुद्दा दर्ता गरिसकेको छ ।