०७ साउन २०८३, बिहीबार

अमेरिका : पत्रकारलाई धम्क्याउने अधिकारीले दिए राजीनामा

फागुन २, २०७७
अमेरिका : पत्रकारलाई धम्क्याउने अधिकारीले दिए राजीनामा

अमेरिकाका राष्ट्रपति जो बाइडनमा प्रेस उपसचिव टीजे डक्लोले राजीनामा दिएका छन् । 

उनले एक पत्रकारसँगको सम्बन्धका विषयमा सोधखोज गर्ने अर्को पत्रकारलाई सिध्याइदिने धम्की दिएपछि सात दिनका लागि निलम्बन गरिएको थियो । 

शनिवार एक विज्ञप्ति जारी गर्दै डक्लोले ह्वाइट हाउसका सहकर्मी तथा राष्ट्रपति बाइडनलाई निराश बनाएकोमा आफू स्तब्ध भएको बताए । 

‘मेरो व्यवहारका विषयमा पश्चात्ताप, लज्जा र घृणालाई व्यक्त गर्ने कुनै शब्द छैनन्,’ उनले बताए । ‘महिलाले सुन्नै नसक्ने भाषा मैले प्रयोग गरें । उनी आफ्नो काम मात्र गरिरहेकी थिइन् । त्यो भाषा घृणास्पद, असम्मानजनक र अस्वीकार्य थियो ।’

नयाँ प्रशासन बनेपछिको यो पहिलो बिदाइ हो । बाइडनले शपथ खाएको एक महिना पनि नबित्दै उनका कर्मचारी निस्केका हुन् । डक्लोलाई निकाल्नुको साटो निलम्बन मात्र गरिएको भनी बाइडन प्रशासनको आलोचना भएको थियो । 

शपथग्रहण समारोहका दिन बाइडनले कुनै पनि सहकर्मीलाई अपमान गर्ने, हेपेर बोल्ने गरेको थाहा पाएमा ठाउँको ठाउँ जागिर खोस्ने बताएका थिए । 
 

डक्लोलाई शुक्रवार एक हप्ताका लागि बेतलबी निलम्बन गरिएको थियो । उनले आफ्नो सम्बन्धका विषयमा लेख्न खोज्ने पोलिटिको पत्रिकाकी एक पत्रकारलाई लिंगभेदी धम्की दिएको खबर भ्यानिटी फेयरमा आएपछि कारवाही गरिएको थियो । 

ती पत्रकारले डक्लोको सम्बन्ध एक्सियोस पत्रिकाकी राजनीतिक संवाददातासँग रहेको विषयमा समाचार बनाउइरहेकी थिइन् । डक्लोसँग सम्बन्ध भएकी भनिएकी पत्रकारले बाइडनको चुनावी अभियान कभर गरेकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्