२२ जेठ २०८३, शुक्रबार

विवाद टुंग्याउनु भन्दा आयोगलाई आचारसंहिताको चिन्ता, प्रचण्ड-नेपाल समूहले दियो चेतावनी

फागुन ३, २०७७
विवाद टुंग्याउनु भन्दा आयोगलाई आचारसंहिताको चिन्ता, प्रचण्ड-नेपाल समूहले दियो चेतावनी

निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद नसल्ट्याइ निर्वाचन आचारसंहिता लगाउने तयारी थालेको छ । निर्वाचनमा सहभागिता हुनुपर्ने ठूलो दलको आधिकारिकता विवाद टुंगो लगाउनुभन्दा चुनावको गृहकार्यमा केन्द्रीत हुन थालेको हो । 
आचारसंहिता तयार गर्ने प्रयोजनका लागि सुझाव संकलन गर्न आयोगले आइतबार सबै दललाई छलफलका लागि बोलाएको थियो । उक्त छलफलमा नेकपाको प्रचण्ड नेपाल समूहले विवाद नसल्ट्याइ निर्वाचनसम्बन्धी कुनै पनि गृहकार्य अघि नबढाउन आयोगलाई चेतावनी दिएको छ । कान्तिपुरमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्