२३ असार २०८३, मंगलबार

अदालतको अवहेलना मुद्दा– जवाफ लिएर चार पूर्वप्रधानन्यायाधीश सर्वोच्च अदालतमा

अदालतको अवहेलना मुद्दा– जवाफ लिएर चार पूर्वप्रधानन्यायाधीश सर्वोच्च अदालतमा

अदालतको अवहेलना मुद्दामा लिखित जवाफ लिएर चारजना पूर्व प्रधानन्यायाधीशहरू सर्वोच्च अदालत पुगेका छन् । 

पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की सोमवार सर्वोच्च अदालत पुगेका हुन् । 

अदालतमा विचाराधीन विषयमा विज्ञप्ति जारी गरेर प्रभावित गर्न खोजेको भन्दै उनीहरूविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । 

न्यायाधीश मनोजकुमार शर्माको इजलासले उनीहरूलाई लिखित जवाफ लिएर आफैँ अदालतमा उपस्थित हुन आदेश जारी गरेको थियो । 

प्रतिनिधि सभा विघटनका विरुद्धमा चार पूर्व प्रधानन्यायाधीशले विज्ञप्ति प्रकाशित गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्