०७ असार २०८३, आइतबार

म्यान्मारमा लोकतन्त्र समर्थकहरूको प्रदर्शनमा प्रहरीले चलायो गोली

फागुन ३, २०७७
म्यान्मारमा लोकतन्त्र समर्थकहरूको प्रदर्शनमा प्रहरीले चलायो गोली

म्यान्मारको उत्तरी भागमा प्रदर्शनकारी र सुरक्षाबलहरूबीच भिडन्त भएको छ । 
 

अन्लाइनमा राखिएको फूटेजमा प्रहरीले भीडमा गोली प्रहार गरेको देखिएको छ । धातुको गोली हो कि रबरको गोली हो भन्ने स्पष्ट छैन । 

आइतवार ठूलो संख्यामा विरोधकर्ताहरू मीटकीना शहरको बिजुली उत्पालन केन्द्रमा दंगा प्रहरीसँग भिडेका थिए । १५ दिनअघि सेनाले कू गरेदेखि नै उक्त शहरमा विरोध प्रदर्शनहरू भइरहेका छन् । 

सेनालाई पनि भीड नियन्त्रण गर्न खटाइएको खबर छ । 

अधिकारीहरूले बिजुली उत्पादन कम्पनीलाई विद्युत् आपूर्ति काट्नका लागि माग राखेपछि भिडन्त भएको बताइएको छ ।

प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रूग्यास, धूवाँ बम र पानीको फोहरा समेत प्रयोग गरेको थियो ।

त्यस घटनालगत्तै देशमा लगभग सबैतिर इन्टरनेट बन्द गरिएको जेटब्लक्स इन्टरनेट अब्जर्भेटरी नामक संस्थाले जनाएको छ । पछि इन्टरनेट पुनर्बहाली गरिएको थियो । 

सोमवार सेनाका गाडीहरू विभिन्न शहरका सडकमा निस्किएका छन् । 

यसैबीच प्रभावशाली नेत्री आङ सान सू चीलाई हिरासतमा राख्ने अवधि बढाइएको छ । 

पश्चिमी मुलुकका दूतावासहरूले लोकतन्त्रको पक्षमा रहेको भन्दै विज्ञप्ति निकालेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्