२२ जेठ २०८३, शुक्रबार

डाँको छाडेर रुँदै द्रोपतीले भनिन्–‘कति पीडा भयो होला मेरी छोरीलाई, अन्तिम पटक के भनिहोला’

फागुन ४, २०७७
डाँको छाडेर रुँदै द्रोपतीले भनिन्–‘कति पीडा भयो होला मेरी छोरीलाई, अन्तिम पटक के भनिहोला’

विघटिन प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीलगायत नेता–कार्यकर्ताको समूह दार्चुलाकी भागीरथी भट्टकी आमा द्रोपतीसँग प्रश्न सोधिरहेको थियो । द्रोपतीले सकिनसकी छोरी मारिएको घटनाबारे बताइरहेकी थिइन् । 
भण्डारीले प्रहरीले अनुसन्धान अन्तिम चरणमा पुगेको र अपराधीलाई कानुनी कठघरामा उभ्याइने आश्वासन दिए । उनले ‘दोषी कुनै हालतमा उम्कन पाउँदैनन्’ भनेर सान्त्वना दिनै लाग्दा द्रोपदीलाई छोरीको यादले भावुक बनायो । उनी एकाएक डाँको छाडेर रुन थालिन् । ‘कति पीडा भयो होला मेरी छोरीलाई । अन्तिम पटक के भनिहोला,’ द्रोपतीले भनिन् । 

पति र सन्तान वियोगको पीर एकैसाथ खेपिरहेकी भागरथी आमा द्रोपतीको अनुहार बेचैन र मलिन थियो । दुई महिनादेखि नओभाएका उनका आँखा सुन्निएका थिए । गत पुस ७ मा उपचारका क्रममा श्रीमानको मृत्यु भएको थियो । 
आजको कान्तिपुर दैनिकले बैतडीकी किशोरी भट्टको बलात्कारपछि हत्यापछि आमाको करुण अवस्थाबारे खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्