२१ जेठ २०८३, बिहीबार

दूध–दही बेच्ने डेरी कारोबारका लागि यी व्यवसायीले किने हेलिकप्टर

फागुन ४, २०७७
दूध–दही बेच्ने डेरी कारोबारका लागि यी व्यवसायीले किने हेलिकप्टर

आर्थिक आम्दानीका हिसाबले कतिपयले कृषि र पशुजन्य व्यवसायलाई हेलाका रूपमा हेर्छन् । तर भारतको मुम्बईस्थित भिवन्डीका एक किसानले डेरी कारोबारका लागि हेलिकप्टर किनेको खबर सार्वजनिक भएको छ ।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार किसान जनार्दन भोईरले दूध व्यवसायका क्रममा देशका विभिन्न क्षेत्रमा जानुपर्ने भएकाले उनले हेलिकप्टर किनेका हुन् ।

खेतीपाती र दूधको कारोबार गर्ने किसान जनार्दनले घरजग्गा कारोबार समेत गर्ने गरेका छन् । आगामी १५ मार्चमा जनार्दनलाई हेलिकप्टर हस्तान्तरण हुनेछ ।

जनार्दनको खेतीपाती क्षेत्र गाउँमा हेलिप्टरका लागि हेलिप्याड निर्माणको काम समेत भइरहेको छ । त्यहाँ पाइलट र सुरक्षाकर्मी बस्ने व्यवस्था समेत मिलाइँदैछ । जनार्दन हेलिकप्टर उडानको परीक्षण समेत लिइरहेका समाचारमा उल्लेख छ 

आइतवार गाउँमा उत्रिएको हेलिकप्टरमा जनार्दनले ग्राम पञ्चायत निर्वाचनमा विजयी सदस्यहरूलाई घुमाएका छन् ।

जनार्दनलाई आफ्नो कामका सिलसिलामा पश्चिम र पूर्वी प्रदेशहरूमा जानुपर्छ । कुनै क्षेत्रमा नियमित विमान उडान नहुँदा उनको धेरै समय बर्बाद हुने गरेको थियो । त्यसपछि एक जना साथीको सुझाव अनुसार जनार्दनले हेलिकप्टर खरिद गरेका छन् ।

डेरीको कारोबारका लागि पञ्जाब, गुजरात, हरियाणा, राजस्थान र पूर्वी राज्यहरूमा जानुपर्ने भएकाले हेलिकप्टर खरिद गरिएको जनार्दनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्