२५ असार २०८३, बिहीबार

भारतीय मुख्यमन्त्रीको अभिव्यक्तिप्रति नेता भीम रावलको आपत्ति

भारतीय मुख्यमन्त्रीको अभिव्यक्तिप्रति नेता भीम रावलको आपत्ति
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले हालै भारतीय मुख्यमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

भारतीय गृहमन्त्रीको भनाइ उदृत गर्दै ती मुख्यमन्त्रीले नेपालमा भारतीय जनता पार्टी (भाजपा) सरकार बनाउन चाहेको जनाएका थिए ।

नेता रावलले मंगलवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै भनेका छन्, ‘हालै भारतीय गृहमन्त्रीलाई उदृत गर्दै त्यहाँका एक जना मुख्यमन्त्रीले नेपालको स्वाधीनता र स्वाभिमानका विरूद्ध दिएको अभिव्यक्ति निन्दनीय छ । यो प्रम केपीको वालुवाटारमा राति भारतीय गुप्तचर प्रमुखसँगको गोप्य मन्त्रणाको परिणाम हो । नेपाल विरोधी कुनै पनि काम कुरा देशभक्त नेपालीलाई सह्य छैन ।’ 

salt training

कमेन्ट गर्नुहोस्