२८ असार २०८३, आइतबार

कांग्रेसी नेताका निम्ति ‘लोकतन्त्र भनेकै चुनाव’ हुनु दुःखद छ : डा. बाबुराम भट्टराई

कांग्रेसी नेताका निम्ति ‘लोकतन्त्र भनेकै चुनाव’ हुनु दुःखद छ : डा. बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कांग्रेसी नेताका निम्ति ‘लोकतन्त्र भनेकै चुनाव’ हुनु दुःखद रहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै आन्दोलन गरिरहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिटो चुनाव गर्नुपर्ने अभिव्यक्ति दिएपछि अध्यक्ष भट्टराईको यस्तो टिप्पणी आएको हो ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा. भट्टराईले भनेका छन्, ‘चिसो भनेकै कोकाकोला भनेझैं केही कांग्रेसी नेताका निम्ति ‘लोकतन्त्र भनेकै चुनाव’ हुनु दुःखद छ ।’

salt training

कमेन्ट गर्नुहोस्