२१ जेठ २०८३, बिहीबार

देउवा र पौडेलसँग कुरा गरेकै छु, केही समयभित्र संयुक्त आन्दोलन हुन्छ : प्रचण्ड

देउवा र पौडेलसँग कुरा गरेकै छु, केही समयभित्र संयुक्त आन्दोलन हुन्छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग कुरा गरिराखेकाले केही समयभित्र संयुक्त आन्दोलन हुने दाबी गरेका छन् ।

गृहजिल्ला चितवनमा मंगलवार बिहानसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले दलहरूबीच संयुक्त आन्दोलनमा जाने विषयमा छलफल चलिरहेको बताए ।

‘आन्दोलन भइराखेको छ । यसलाई सकेसम्म संयुक्त गरौं भन्ने प्रयास भइराखेकै छ । हिजो मैले शेरबहादुर देउवासँग कुरा गरें यसलाई संयुक्त बनाऔं भनेर । रामचन्द्र पौडेल र अरू नेतासँग पनि कुरा गरिराखेकै छु,’ उनले भने, ‘जसपाका नेताहरूसँग पनि कुरा भइराखेकै छ । केही समयभित्र संयुक्त आन्दोलन हुन्छ भन्ने लागेको छ ।’

प्रतिनिधिसभा विघटनपछि संविधानमाथि आक्रमण भएकाले ट्रयाकमा ल्याउन आन्दोलन भइरहेको अध्यक्ष प्रचण्डले बताए । ‘प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक हो,’ उनले भने, ‘चुनाव भयो भने त्यो असंवैधानिक र अलोकतान्त्रिक हुन्छ ।’

सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी बहसबाट प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वास प्रचण्डले व्यक्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्